अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गोकुल बास्कोटाको फुटबल ट्वीटमा तर्कवितर्क : मिले ठिकै छ नमिले पनि कोहीवात छैन

गोकुल बास्कोटाको फुटबल ट्वीटमा तर्कवितर्क : मिले ठिकै छ नमिले पनि कोहीवात छैन


काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गोकुल बास्कोटाले युरोकप फुटबलका विषयमा गरेको ट्विटमा राजनीतिक तर्कविर्तक भएको छ ।

बास्कोटाले हिजो साँझ गरेको ट्विटमा विभिन्न क्षेत्रका व्यक्तिले अनेक खालका प्रतिक्रिया दिएका छन् । बास्कोटाले ट्विटमा ‘मेस्सीको फ्रि किक गज्जब लाग्यो यता त मैदान छोडेर भाग्या खलाडीको पछि लागेर ल्याङल्याङ भो’ भनेर लेख्नुभएको थियो ।

दी पेन नामका ट्विटेले बाँस्कोटामा ट्विटमा टिप्पणी गर्दै यसलाई राजनीतिक रंग दिनुभएको छ । उहाँले लेख्नुभएको छ ‘आफूले गोल गर्न नसक्दा खेलको नियम नै परिवर्तन गर्ने, अझ विपक्षीले गोल हान्न लाग्दा भकुन्डो फुटाईदिने, स्टेडियम भत्काइदिने अनि नछोडेर के गर्ने त? हेप्ने?’ यसको जवाफमा बाँस्कोटाले यस्तो लेख्नुभएको छ, ‘ब्याककिक पासले पनि टिमले गोल गर्छ नि ।’

यसैगरी, पत्रकार रोहित दाहालले ‘माधवले हानेको फ्री किक गोलमा परिणत हुँदैछ ।’ लेखेकोमा बाँस्कोटोको जवाफ यस्तो छ, ‘ठिकै हो विधीपद्दती नुसार दोस्रो अध्यक्ष दिएपछि फ्रि किक गोल हुने बलियो सम्भावाना नकार्न मिल्दैन प्रिय मित्र।’

त्स्तै, अर्का ट्वीटे अर्जुन आचार्यले लेख्नुभएको छ, ‘खेलाडी का प्रमुख सल्लाहकार कोच रावल बालुवाटारमा छ्न् रे ।’ उहाँको ट्वीटमा बाँस्कोटाले जवाफ दिनुभएको छ, ‘जो जहासुकै होस् आफ्नै स्टायलमा खेल्नुको मज्जा छुट्टै हुन्छ । मिले ठिकै छ नमिले पनि कोहीवात छैन ।’