अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज २६२२ जनामा कोरोना पुष्टि, २२११ जना डिस्चार्ज

आज २६२२ जनामा कोरोना पुष्टि, २२११ जना डिस्चार्ज


काठमाडौं- पछिल्लो २४ घण्टामा २ हजार ६२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ५ सय २७ को परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो ।

देशभर आज ७४९९ जनाको पीसीआर गर्दा १७४५ जनामा संक्रमण र ४०२८ जनाको एन्टिजेन परीक्षणबाट ८७७ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २ हजार २११ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै, याे अवधिमा २३ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । योसँगै हालसम्म नेपालमा कोरोनाबाट ९ हजार २४८ जनाको मृत्यु भएको छ ।