काठमाडौं- काठमाडौंको बौद्धमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका-६ बौद्ध ह्यात गेट नजिक सडकमा बा ६४ प ८२६३ नम्बरको मोटरसाइकल र बा ६८ प ४२७५ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार नुवाकोटकी १८ वर्षीय बिजा तामाङको आइतबार साझ मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते तामाङको उपचारका क्रममा ओम अस्पताल चावहिलमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनामा घाइते मोटरसाइकल चालकको भने सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा संलग्न स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।







प्रतिक्रिया