अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कार्यदल ब्युँतियो, आजै साँझ बैठक बस्दै

एमाले कार्यदल ब्युँतियो, आजै साँझ बैठक बस्दै


काठमाडौं- नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदल ब्युँतिएको छ । कार्यदल ब्युँतिएपछि आज साँझ नै कार्यदलको बैठक बस्दैछ ।

कार्यदलमा संस्थापन एमालेका तर्फबाट तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल र शंकर पोखरेल हुनुहुन्छ ।

यस्तै, वरिष्ठ नेता माधव नेपालका तर्फबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त र सुरेन्द्र पाण्डे हुनुहुन्छ ।

जेठ ७ गतेदेखि कार्यदलको बैठक बस्न सकेको छैन । यद्यपि त्यसयता दुवै पक्षका नेताहरू अनौपचारिक रूपमा छलफल गर्दै आएका थिए ।

कार्यदलको औपचारिक बैठक आजै सिंहदरबारमा बस्ने तयारी भइरहेको छ ।

गएराति मात्र प्रधानमन्त्री ओली र उपाध्यक्ष भीम रावलबीच कुराकानी भएको थियो । बालुवाटारमा भएको छलफलमा रावलले कार्यदल ब्युउँताउन सुझाव दिनुभएको थियो ।