टोकियो- जापानमा पहिरोमा परेका ८० जना अझै पनि बेपत्ता नै रहेका छन् ।
गत शनिबार विहान आएको पहिरोमा परी बेपत्ता भएकाहरूको खोजी कार्य जारी रहे पनि अहिलेसम्म पनि नभेटिएका हुन् ।
देशको मध्य भागमा पर्ने अतामी सहर क्षेत्रमा अत्यधिक वर्षपछि ठूलो पहिरो गएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।
अतामी सहरका मेयरले घटनास्थलका विभिन्न ठाउँमा उद्धारकर्ताहरू परिचालन गरिएको भएपनि सफलता प्राप्त हुन नसकेको उल्लेख गर्नुभयो ।
घटनास्थलबाट २२ जनालाई उद्धारकर्ताहरूले जीवितै उद्धार गरेका छन् भने अहिलेसम्म तीन जनाको मात्रै शव भेटिएको छ । प्रहरी अधिकारीहरुले अहिलेसम्म तीन जनाको मात्रै मृत्यु भएको पुष्टि गर्न सकिएको बताएका छन् ।
सरकारी अधिकारीहरूले घटना भएको बेला त्यस क्षेत्रमा २१५ जना मानिस रहेको र पहिरो गएको ठाउँमा १३० ओटा घर रहेको जानकारी दिएका छन् ।







प्रतिक्रिया