काठमाडौं- नेकपा एमालेको एकताका लागि गठित कार्यदलको बैठक सुरु भएको छ । बैठक सिंहदरबारमा सुरु भएको हो ।
पार्टीका २३ सांसदले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन पाटी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको समयसीमा सकिएलगत्तै कार्यदलको बैठक बसेको हो ।
कार्यदलमा ओलीका तर्फबाट सुवास नेम्वाङको संयोजकत्वमा विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल हुनुहुन्छ । वरिष्ठ झलनाथ खनाल-माधवकुमार नेपालका तर्फबाट भीम रावलको संयोजकत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त सदस्य हुनुहुन्छ । जेठ २ मा कार्यदल गठन भएको थियो ।
तर, त्यसबीचमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा दोस्रो पटक विघटन र संयोजक रावललाई जेठमा १२ मा पार्टी सदस्यबाट निष्कासन गरेपछि कार्यदल निष्क्रिय भएको थियो ।
आइतबार ओलीपक्षीय नेताहरू नेम्वाङ, पौडेल र पोखरेल नेता नेपालको निवास पुगेर पार्टी एक रहेको सन्देश दिन संयुक्त वक्तव्य जारी गर्न प्रस्ताव गर्न गर्नु भएको थियो ।







प्रतिक्रिया