काठमाडौं– नेकपा एमालेको विवाद समाधानका लागि बनाइएको कार्यदलको बैठक सकिएको छ ।
सिंहदरबारमा बसेको बैठकले अनौपचारकरूपमा दुवै पक्षबीच भएका छलफललाई एकीकृत गर्ने निर्णय गरेको सचिव गोकर्ण विष्टले जानकारी दिनुभयो ।
बैठकमा आजसम्म भएका अनौपचारिक छलफलको पुनरावलोकन र समीक्षा हुँदै भोलि १ बजे पुनः बैठक बस्ने निर्णय भएको छ ।







प्रतिक्रिया