अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोमल वलीको चेतावनी- कसैका व्यक्तिगत उठाएर बहादुरी प्राप्त हुँदैन

कोमल वलीको चेतावनी- कसैका व्यक्तिगत उठाएर बहादुरी प्राप्त हुँदैन


काठमाडौं -राष्ट्रिय सभा सदस्य कोमल वलीले आफूले कोही पनि नेतालाई लक्षित गरेर गाली नगरेको स्पष्ट पार्नुभएको छ ।

हिजो राष्ट्रियसभामा नेताहरुलाई लक्षित गरेर ‘बाँदर’ भन्ने शब्द प्रयोग गर्दै कविता बाचन गरेपछि त्यसको व्यापक आलोचना भएको थियो । वलीको यो कविता सुनेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले वहाँको व्यक्तिगत बिषयहरु समेत निकालेर आलोचना गरेका छन् । कविताको भाव र व्यक्तिगत कुराको जवाफ एकै चोटी लख्दै ‘कसैका व्यक्तिगत कुरा उठाएर बहादुरी नहुने ’ चेतावनी समेत दिनुभएको छ ।

वलीले आज बिहान फेसबुकमा लेख्दै आफूले कोही पनि नेतालाई व्यक्तिगत रुपमा ईंगित नगरेको स्पष्टिकरण दिनुभएको छ । ‘मेरा कुनै धारणाहरु व्यक्तिप्रति लक्षित छैनन् । मेरो देश समाज र जनताप्रति समर्पित छ । देश र जनताका लागि बोल कसैका कलमहरु कसैलाई निरुत्साहित गर्न चल्नुपर्छ भन्ने छैन’ वलीले लेख्नुभएको छ ‘कसैलाई निरुत्साहित गर्न कसैका व्यक्तिगत कुराहरु उठाएर बहादुरी प्राप्त हुदैन ।प्रतिष्पर्धी बन्न सकिदैन ।’