अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 मनाङमा हृदयघातका कारण वडाध्यक्षको निधन

 मनाङमा हृदयघातका कारण वडाध्यक्षको निधन


मनाङ । नासों गाउँपालिका–५ थोंचेका वडाध्यक्ष छिरिङ ग्याल्पो पुनेलको निधन भएको छ । ५० वर्षीय पुनेलको हृदयघातका कारण निधन भएको हो । नेपाली कांग्रेसबाट निर्वाचित भई गाउँपालिकाका प्रवक्ता रहनुभएका उहाँको उपचारका क्रममा जिल्ला अस्पताल लमजुङमा अपराह्न निधन भएको अस्पतालले जनाएको छ ।

आर्थिक वर्षको अन्त्य, योजना छनोट, नीति तथा कार्यक्रम निर्माण, बजेट निर्माणका लागि असार पहिलो साता उहाँ काठमाडौँ गएर आइतबार मात्रै बेँसीशहर फर्किनुभएको थियो ।

गाउँपालिकाका अध्यक्ष चन्द्र घलेका अनुसार सोमबार बिहान खाना पनि नखाई बेँसीशहरको होटेलमा बस्नुभएका उहाँ हृदयघातका कारण ढलेपछि उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइएको थियो ।

उपचारका लागि १० बजेर ५० मिनेटमा जिल्ला अस्पताल पुर्‍याइएकामा उपचारका क्रममा मध्याह्न १२ बजेतिर उहाँको निधन भएको अस्पतालका प्रशासक हेमन्त श्रेष्ठले बताउनुभयो ।