काठमाडौं- जर्मनीले नेपालसहित कोरोना भाइरस (कोभिड-१९) को नयाँ भेरियन्टबाट प्रभावित पाँच देशबाट आउने पर्यटकमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ ।
जर्मनीको राष्ट्रिय रोग नियन्त्रण केन्द्र, द रोबर्ट इन्ष्टिच्युटले सोमबार नेपालसहित पाँच मुलुकलाई ‘भाइरस भेरियन्ट क्षेत्र’को सूचीबाट हटाएको हो ।
अब जर्मनीमा बुधबारदेखि नेपाल, बेलायत, रुस, पोर्चुगल र भारतबाट आउने पर्यटकमाथि लगाएको प्रतिबन्ध हट्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
यससँगै अब नेपालसहितका मुलुकबाट कोरोना भाइरसको पूरा मात्रा लगाएकाहरुले जर्मनी पुगेर क्वारेन्टिनमा पनि बस्नुपर्ने छैन । खोप नलगाएका मानिस भने १० दिनसम्म क्वारेन्टिनमा बस्नुपर्नेछ ।
नेपालसहितका पाँच मुलुकमा डेल्टा र डेल्टा प्लस भेरियन्ट देखिएको भन्दै जर्मनीले प्रवेशमा रोक लगाएको थियो ।







प्रतिक्रिया