बुटवल । बुटवल उपमहानगरपालिका-१८ का वडाध्यक्षको कोरोना संक्रमणबाट निधन भएको छ । उपमहानगरपालिका प्रवक्ता रामप्रसाद रेग्मीका अनुसार ७२ वर्षीय वडाध्यक्ष हुमनाथ आचार्यको उपचारका क्रममा काठमाडौंमा आज बिहान निधन भएको हो ।
कोरोना संक्रमण पुष्टिपछि बुटवलको कोरोना विषेश अस्पतालमा उपचार भएको र पछि परिवारले थप उपचारका लागि उहाँलाई काठमाडौं लगिएको थियो ।
‘वडाध्यक्ष आचार्यको उमेरको अवस्थालाई मध्यनजर गर्दै परिवारले ७–८ दिनअघि थप उपचारका लागि काठमाडौं लगनु भएको थियो ।’ प्रवक्ता शर्माले भन्नुभयो, ‘अस्ति उहाँको स्वास्थ्य अवस्था राम्रो भएको जानकारी आएको थियो तर आज विहान उहाँको निधन भयो ।’
वडाध्यक्ष शर्माले कोरोनाविरुद्धको पहिलो डोज खोप लगाउनुभएको थियो ।







प्रतिक्रिया