काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको भर्चुअल माध्यमबाट शिलान्यास गर्नुभएको छ ।
सप्तरीको राजविराज नगरपालिका-१० बिरौलस्थित खाँडो नदी किनारमा उक्त प्रतिष्ठानको उहाँले शिलान्यास गर्नु भएको हो । एक प्रदेश एक प्रतिष्ठान निर्माण गर्ने लक्ष्य अनुसार शिलान्यास गर्दै प्रम ओलीले लामो समयको प्रयास र प्रतिक्षापछि आज प्रतिष्ठानको निर्माण कार्यको शुभारम्भ गरेको बताउनुभयो ।
प्रतिष्ठान निर्माणले प्रदेश २ का सप्तरीसहित सम्पूर्ण जिल्ला, छिमेकी जिल्ला तथा भारतीय नागरिकहरू स्वास्थ्य सेवा प्राप्त गरी लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिष्ठानका पूर्वाधार तयारी विकास समितिका निर्देशक तथा गजेन्द्र नारायण सिंह अस्पताल राजविराजका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। रणजीतकुमार झाले शिलान्यासको भूमि पुजनपछि आयोजित शिलान्यास समारोहमा प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हामीले भवनको शिलान्यास गरेका छौ, हाम्रो सपना छिटै नै व्यवहारिक रुपमा देखिन्छ । शिलान्यास भएपछि सपना पूरा भएको छ ।’
प्रधानमन्त्री ओलीले प्रतिष्ठानको निर्माणले देखिने गरी, लाभ हुने गरी शिक्षा, स्वास्थ्यका क्षेत्रमा नयाँ उचाइ कायम हुने विश्वास दिलाउनुभयो । सप्तरीमा बनेको कुनै पनि संरचना भन्दा स्तरीय, भूकम्प प्रतिरोधात्मक, बलिया र आकर्षक हुने उहाँले भन्नुभयो, ‘बाहिरी पक्षमा आकर्षण मात्र होइन, आन्तरिक हिसाबले सेवा पनि बलियो र आकर्षण हुनेछ ।’
प्रतिक्रिया