काठमाडौं- नेकपा एमाले कार्यदलको आजको बैठक सकिएको छ । सिंहदरबारमा बसेको बैठक केही समयअघि सकिएको हो ।
दोस्रो चरणको दोस्रो दिन बसेको बैठकमा पार्टीभित्रको विवादबारे विषयगत छलफल भएको बताइएको छ । बैठक सकारात्मक ढंगले अघि बढेको कार्यदल सदस्य गोकर्ण विष्टले जानकारी दिनुभयो ।
‘बैठक सकारात्मक ढंगले अघि बढेको छ । पार्टीभित्र देखिएका विवादका सन्दर्भमा केन्द्रीत रहेर छलफलको सुरुवात भएको हो’, विष्टले भन्नुभयो, ‘आजको बैठकमा सदस्यहरूले आ-आफ्ना धारणा राखेर छलफलको सुरुवात गर्नुभयो । यो छलफललाई निरन्तरता दिने निर्णय भएको छ ।’







प्रतिक्रिया