काठमाडौं– माओवादी केन्द्र खारेजीको माग लिएर पूर्वमाओवादी नेता रामबहादुर थापा बादलसहितका नेताहरुले सर्वोच्चमा रिट हाल्ने भएका छन् ।
सत्तारुढ नेकपा एमालेमा रहेका रामबहादुर थापा ‘बादल’सहितका नेताहरुले नेकपा माओवादी केन्द्रको दल दर्ता खारेजी मागसहित रिट हाल्ने तयारी गरेको स्रोतले जनाएको छ । माओवादी केन्द्र छाडेर हाल एमालेमा रहेका नेता बादलसहितले बुधबार नै सर्वोच्च अदालतमा रिट या निर्वाचन आयोगमा निवेदन दिने तयारी गर्नुभएको छ ।
माओवादीका पूर्व नेताहरु रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी, दावा लामा, मणि थापा र प्रभु साहसहितले रिट हाल्ने तयारी गर्नुभएको हो ।
माओवादी केन्द्रको महाधिवेशन २०७१ जेठमा मकवानपुरको हेटौँडामा गरिएको थियो। त्यसपछि माओवादीले महाधिवेशन गर्नै सकेको छैन। उहाँहरुले माओवादी केन्द्रले बैधानिकता गुमाएको जिकिर गर्नुभएको छ ।







प्रतिक्रिया