काठमाडौं- हिमालय एयरलाइन्सले अनलाइनमार्फत टिकट बिक्री सुरू गरेको छ ।
कम्पनीका अनुसार प्रारम्भिक चरणमा ग्राहकहरूले कनेक्ट आईपीएस प्रयोग गरी टिकट खरीद गर्न र टिकट रद्द गर्नुका साथै अन्य सेवाहरू जस्तै उडान र भाडाबारे जानकारी, टिकट फिर्ता, ग्राहक सेवा, ढिलाइ प्रमाण पत्र, निःशुल्क टिकट एक्सचेन्ज, ई-टिकट र टिकटमा वास्तविक नाम प्रमाणीकरणको सुविधा प्राप्त गर्न सक्नेछन् ।
एयरलाइन्सले ब्यागेजको पूर्वबुकिङ्ग, सीट, खाना चयन, लाउन्ज, बन्डल भाडा, एसएमएस सूचना, भिसा वा मास्टर कार्डबाट भुक्तानी र वेब चेकइन जस्ता सेवा समेत थप गर्दै जाने योजना बनाएको छ ।







प्रतिक्रिया