अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रूपा सुनारले दिएको रिटमा सर्वोच्चद्वारा मन्त्री श्रेष्ठसँग लिखित जवाफ माग

रूपा सुनारले दिएको रिटमा सर्वोच्चद्वारा मन्त्री श्रेष्ठसँग लिखित जवाफ माग


काठमाडौं- सर्वोच्च अदालतले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठसँग लिखित जवाफ मागेको छ ।

न्यायाधीश कुमार रेग्मीको इजलासले मन्त्री श्रेष्ठलाई बर्खास्त गर्न माग गरेको अन्तरिम आदेशका विषयमा भने छलफलका लागि दुवै पक्षलाई असार २८ गते बोलाएको छ ।

सञ्चारकर्मी रुपा सुनारलाई जातीय विभेद गरी कोठा भाडामा नदिएको आरोप लागेकी सरस्वती प्रधानलाई रिहा गराउन मन्त्री श्रेष्ठ आफैँ प्रहरी कार्यालय पुग्नुभएको थियो ।

यस विषयमा मन्त्री श्रेष्ठविरुद्ध प्रहरी र सरकारी वकिल कार्यालयमा उजुरी दिँदा लिन नमानेपछि रूपाले सर्वोच्चमा रिट दायर गर्नु भएको थियो ।