एजेन्सी- हाइटीका राष्ट्रपति जाभोनेल मोइसेको आफ्नै निवासमा हत्या भएको छ । उहाँको बुधबार आफ्नै निवासमा हत्या भएको हो । हाइटीको सरकारले जनाएको छ ।
स्थानीय समय अनुसार रातको १ बजे निजी निवासमा राष्टपति मोइसेको हत्या भएको प्रधानमन्त्री क्लाउडे जोसेपले एक विज्ञप्तिमार्फत जनाउनुभएको छ । उहाँका अनुसार हतियारधारी एक समूहले राष्ट्रपतिको हत्या गरेको हो ।
अहिलेसम्म हत्या गर्नेहरू को हुन् भन्ने खुलेको छैन तर उनीहरू स्पेनिस भाषा बोल्ने मानिसहरू रहेका विज्ञप्तिमा उल्लेख गरिएको छ । यो आक्रमणमा राष्ट्रपति मोइसेकी पत्नी पनिलाई पनि गोली लागेको छ ।







प्रतिक्रिया