काठमाडौं– अबदेखि नेपालमा कोरोना खोप अभाव नहुने निश्चित भएको छ । सरकारले आजदेखि चीनबाट नियमित खोप आयात सुरु गर्दैछ ।
कोरोनाविरुद्धको खोप ल्याउन नेपाल वायु सेवा निगमको जहाज चीन जाने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । ‘भेरोसेल’ खोप ल्याउन निगमको बाइडबडी ए–३३० जहाज बेइजिङ जान लागेको हो ।
बिहीबारदेखि साउन ८ गतेसम्म तीनवटा उडानमार्फत नियमित खोप आयात गरिनेछ ।
चीनको सिनोफार्म कम्पनीबाट सरकारले भेरोसेल खोप खरिद गर्न लागेको हो । सरकारले सरकार–सरकार (जिटुजी) मार्फत चीनबाट खोप खरिद सम्झौता गरेको छ ।
प्रतिक्रिया