अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकोब जुमाद्वारा आत्मसमर्पण

दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकोब जुमाद्वारा आत्मसमर्पण


काठमाडौं–दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकोब जुमाले प्रहरीसँग आत्मसमर्पण गर्नुभएको छ ।

७९ वर्षीय जुमालाई गत हप्ता १५ महिनाको जेल सजाय सुनाइएको थियो । उहाँमाथि अदालती सुनुवाइमा उपस्थित नभएको भन्दै उक्त सजाय सुनाइएको हो ।

बीबीसीका अनुसार आत्मसमर्पण नगरे जुमालाई पक्राउ गर्न आफूहरू तयारी अवस्थामा रहेको त्यहाँको प्रहरीले चेतावनी दिएको थियो ।

आफू राष्ट्रपति भएका बेला भएको भ्रष्टाचारसम्बन्धी सुनुवाइका क्रममा सबुत पेश गर्न दिइएको आदेश नमानेको अभियोगमा जुमालाई १५ महिना जेल सजाय सुनाइएको हो । दक्षिण अफ्रिकाको पूर्वराष्ट्रपतिलाई जेल सजाय सुनाइएको यो पहिलो पटक हो ।