अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अहिलेको इस्यू ‘पावर सेयरिङ’ होइन पार्टी एकता हो : आचार्य

अहिलेको इस्यू ‘पावर सेयरिङ’ होइन पार्टी एकता हो : आचार्य


काठमाडौं -नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधव नेपालबीचको भेटवार्तामा माधव नेपालले ‘पावर सेयरिङ’को सर्त नराखेको एकजना नेताले बताउनुभएको छ ।
एमालेका सचिव एवं कार्यदलका सदस्य भीम आचार्यका अनुसार अहिलेको प्राथमिकता पावर सेयरिङ भन्दा पनि पार्टीमा सहमति कायम गर्ने भएको बताउनुभयो । ‘पावर सेयरिङ अहिलेको इस्यु नै होइन’ आचार्यले भन्नुभयो ‘पार्टी एक भएपछि ति बिषयमा छलफल हुनसक्छ । यतिबेला पार्टी एकताको इस्यू हो । अहिले पार्टी र सरकारको नेतृत्व जे छ त्यही रहन्छ । ’
केही सञ्चार माध्यमले नेता नेपालले प्रधानमन्त्री वा पार्टी अध्यक्ष आफू हुनुपर्ने शर्त राखेकोे भनेर समाचार बनाएकोप्रति आपत्ती जनाउदै आचार्यले अहिले त्यो बिषय प्राथमिकतामा नरहेको स्पष्ट पार्नुभएको छ ।
‘हिजोको उहाँहरुको भेटवार्ता सौहार्दपूर्ण नै भयो । हिजो नै टुंगिने बिषय पनि थिएन’ आचार्यले नेपाली बहस डट कमसँग भन्नुभयो ‘कार्यदलको तहमा पनि केही केही कुराहरु बाँकी छन् टुंग्याउन । ति सबैलाई टुंगोमा पुर्याउन आज हाम्रो कोशिस रहन्छ ।’
कार्यदलले दुवै नेताको निर्देशनका आधारमा नै सहमतिको खाका तयार गरिरहेकोले उहाँहरु बीच विवाद हुने ठाउँ नरहने आचार्यले बताउनुभयो । आचार्यका अनुसार पार्टीका सबै कमिटीहरु २०७५ जेठ २ मा फर्काउने आधारभुत मान्यताका आधारमा सहमतिको खाका तयार हुदैछ । ‘माओवादीसँगको एकता भंग भएपछि दुवै तर्फबाट बनाइएका कमिटी मान्य नहुने आधार तय गरिदैछ’ आचार्यले भन्नुभयो ‘माओवादी छोडेर आएका बादल समुहलाई एमालेमा जिम्मेवारी दिने कुरामा हाम्रो असहमति छैन । नेकपाको बेलामा केन्द्रीय सदस्यहरुलाई कायमै राख्ने कुरामा सहमत छौं ।’