अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कार्यदलको बैठक सिंहदरबारमा सुरु

एमाले कार्यदलको बैठक सिंहदरबारमा सुरु


काठमाडौं -एमाले विवाद समाधानका लागि कार्यदलको बैठक सुरु भएको छ ।
बैठकमा दुवैपक्षका सबै सदस्यहरुको उपस्थिती रहेको छ । बैठक अर्थ मन्त्रालयमा बसेको हो ।
औपचारिक बैठक अघि कार्यदलका दुवै पक्षका नेताहरुको अनौपचारिक छलफल भएको छ । हिजो प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपालबीच भएको भेटवार्ता पछि पनि नेताहरुल अनौपचारिक भेटघाट गरेका छन् । आज बिहान पनि उपप्रधानमन्त्री बिष्णु पौडेल र उपाधक्ष्य भीम रावलबीच अनौपचारिक छलफल भएको छ ।
आजको बैठकपछि पुन प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटघाट हुने र साझा सहमति पत्रमा संयुक्त हस्ताक्षर गर्ने सम्भावना रहेको नेताहरुले बताएकाछन् ।