अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

२० मिनेटमै सकियो एमाले कार्यदल बैठक

२० मिनेटमै सकियो एमाले कार्यदल बैठक


काठमाडौं- नेकपा एमालेको विवाद समाधानका लागि गठन गरिएको कार्यदलको बैठक २० मिनेटमै सकिएको छ ।

एमाले वार्ता टोलीमा संस्थापनको नेतृत्व गर्नुभएका सुवासचन्द्र नेम्वाङले थप केही विषय मिलाउनुपर्ने भएकाले बैठक साँझसम्मका लागि स्थगित गरिएको हो ।

कार्यदलको बैठक साँझ ७ बजे बोलाइएको छ ।

बिहान ११ बजे बस्ने भनिएको बैठकअघि नेताहरूबीच अनौपचारिक छलफल भएको थियो ।

नेताहरु विष्णु पौडेल, भीम रावल र शंकर पोखरेलबीच एक चरणमा छलफल भएपछि रावल वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुग्नुभएको थियो ।

एमालेका दुई शीर्ष नेताहरु अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच बिहीबार साँझ दुई घण्टा होटल मेरियटमा छलफल भएको थियो ।

नेम्वाङका अनुसार दुई शीर्ष नेताले संयुक्त हस्ताक्षरमा जारी गर्ने बक्तव्यका केही बुँदामा भाषा मिलाउने काममात्रै बाँकी रहेको बताउनुभयो ।