धनुषा- नेकपा एमाले प्रदेश २ ले बाँकी तीन जिल्लामा पनि अध्यक्ष र सचिव मनोनित गरेको छ । प्रदेश अध्यक्ष ज्वालाकुमारी साहका अनुसार रौतहट, बारा र सर्लाहीका अध्यक्ष र सचिव मनोनित गरिएको हो ।
बारा, रौतहट र सर्लाहीको अध्यक्षमा क्रमशः बलवीर चौधरी, तुलसी राज गिरी र राजनारायण साह मनोनित हुनुभएको छ ।
यस्तै, बारा, रौतहट र सर्लाहीको सचिवमा क्रमशः मो. समिर, मनोजकुमार यादव र केदार खत्रीलाई मनोनीत गरिएको अध्यक्ष साहले जानकारी दिनुभयो ।
सचिवमा मनोनित भएका तीनै जना पूर्वनेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेकाहरू हुनुहुन्छ ।
एमाले प्रदेश कमिटीले यसअघि नै प्रदेश २ का ५ जिल्लामा अध्यक्ष र सचिव मनोनित गरिसकेको छ ।







प्रतिक्रिया