अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले विवाद समाधान पहल

बिना प्रगति किन बैठक गर्दैछ कार्यदल ?

बिना प्रगति किन बैठक गर्दैछ कार्यदल ?


काठमाडौं– सत्तारुढ नेकपा एमालेको विवादमा कुनै प्रगति हुन नसकेको बताएका कार्यदल सदस्यहरुले बैठकमा भने जोड दिएका छन् ।

बिहीबार दुई पटक बैठक भए पनि सहमति त भएन नै, कार्यदलमा नेपाल पक्षका सदस्य एमाले उपमहासचिव घनश्याम भूसालले १० दिनदेखि कुनै प्रगति नभएको भनेर एकपटक कार्यकर्तामा निराशा फैलाउनुभएको छ । भूसालको प्रतिक्रियाले नकारात्मक तरंग फैलाएको छ ।

तर, फेरि पनि शुक्रबार बिहान साढे ११ बजे पुनः बोलाइएको छ ।

कार्यदलमा संस्थापनतर्फका संयोजक स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले भने मिलेका विषय र नमिलेका विषय सार्वजनिक गर्न अस्वीकार गर्नुभएको छ । त्यसले के–के मिल्यो के बाँकी छ भन्ने पनि यकिन भएको छैन ।

अनौपचारिक स्रोतहरुका अनुसार दुवै पक्षले २८ गतेलाई केन्द्रमा राखेको छ । किनभने २८ गते सर्वोच्च अदालतको फैसला आउँदैछ, त्यहाँ विपक्षी दलका नेताको पक्षमा २३ सांसदको हस्ताक्षर सर्वोच्च अदालतमा सुरक्षित छ ।

संस्थापन पक्षले जसरी पनि हस्ताक्षर फिर्ताको पहल गरेको छ भने नेपाल पक्षले बैठकमात्रै गरेर २८ गते पुर्‍याउने रणनीति बनाएको छ ।

बुधबार एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच करिव दुई घण्टा छलफल भएको थियो । बैठकपछि पनि सकारात्मक प्रगति भने भएको छैन ।