काठमाडौं– एमाले प्रवेश गर्नुभएका पूर्वमाओवादी नेताहरुले आज पनि निर्वाचन आयोग जाने तयारी गर्नुभएको छ ।
नेकपा (माओवादी केन्द्र) को दर्ता खारेजीबारे बुझ्न उहाँहरु निर्वाचन आयोग जाने तयारी गर्नुभएको हो । पूर्वमाओवादी नेता टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा र गौरीशंकर चौधरी आज आयोग जानु हुनेछ । माओवादी केन्द्र दर्ता खारेजीको माग गर्दै बुधबार अधिवक्ता सरोज बुढाथोकीले आयोगमा निवेदन दर्ता गराउनुभएको थियो ।
‘माओवादी दर्ता खारेजीको माग गरेर सरोजजीले दर्ता गर्नुभएको निवेदनमा के भइरहेको छ भन्ने बुझ्न जान लागेका हौं,’ उहाँले भन्नुभयो ।
माओवादी केन्द्र दर्ता खारेजीको माग गर्दै बुधबार अधिवक्ता सरोज बुढाथोकीले आयोगमा निवेदन दर्ता गराएका छन्।







प्रतिक्रिया