काठमाडौं– आज साढे ११ बजे बस्ने भनिएका एमाले कार्यदलको बैठक तयारी नपुगेको भन्दै एक घण्टा सारिएको छ ।
हिजो साँझ उपप्रधानमन्त्री विष्णु पौडेल मन्त्रिपरिषद बैठकमा व्यस्त भएपछि अनौपचारिक रुपमा बसेको बैठकले आज साढे ११ बजे बैठक बस्ने तयारी गरेको थियो ।
तर आजको बैठक पनि तयारी नपुगेको भन्दै पछाडि सारिएको छ । हिजोदिनभरी साँझसम्ममा एमालेमा सहमत कायम हुने खबरले नेता कार्यकर्ता उत्साहित भएका थिए । तर साँझ उपमहासचिव घनश्याम भूसालले १० दिन यता कुनै प्रगति नभएको प्रतिक्रिया दिएपछि एमालेमा निराशा छाएको छ । आजको बैठकलाई धेरैले आशावादी नजरले हेरेका छैनन् । यसलाई सर्वोच्चको फैसला नआउन्जेल एक पक्षले अर्को पक्षलाई अलमल्याउने अस्त्रको रुपमा व्याख्खा गरिरहेका छन् ।
संस्थापन तर्फका कार्यदलका संयोजक सुवासचन्द्र नेम्वाङका अनुसार सहमतिको प्रयास जारी छ । त्यसै अनुसार थप तयारी गर्नका लागि आजको बैठक एक घण्टा सारिएको हो । उपमहासचिव एवं उपप्रधानमन्त्री पौडेलले पनि आज बिहान प्रधानमन्त्री केपी शर्मा ओलीसँग थप परामर्श गरेर आजको बैठकमा बस्ने तयारी गर्नुभएको छ ।







प्रतिक्रिया