काठमाडौं– नेकपा एमालेको विवाद मिलाउन गठित संयुक्त कार्यदलको बैठक पाँच घण्टादेखि सिंहदरबारमा जारी छ।
बैठकबाट स्थायी कमिटी सदस्य शंकर पोखरेल र रघुजी पन्त बाहिरिनुभएको छ । पोखरेल र पन्तले आजै टुंग्याउने गरी छलफल भइरहेको जानकारी दिनुभयो ।
पन्तका अनुसार सहमतिको मस्यौदामाथि कार्यदलका सदस्यहरुले सुझाव दिएका छन् । ‘हामी आजै टुंग्याउने गरी छलफल गरिरहेका छौं,’ उहाँको भनाइ छ ।
प्रतिक्रिया