अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाढी पहिरोको क्षतिको अवस्था बुझ्न प्रधानमन्त्री आज सिन्धुपाल्चोक जादै

बाढी पहिरोको क्षतिको अवस्था बुझ्न प्रधानमन्त्री आज सिन्धुपाल्चोक जादै


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीले क्षति भएको मेलम्ची खानेपानी आयोजना लगायत सिन्धुपाल्चोकका विभिन्न बस्तीको आज निरीक्षण गर्ने हुनुभएको छ ।

नेकपा एमाले केन्द्रीय सदस्य एवं पार्टी केन्द्रीय कार्यलय सचिव शेरबहादुर तामाङका अनुसार आज बिहान साढे १० बजे हेलिकप्टर मार्फत प्रधानमन्त्री सिन्धुपाल्चोक जाने कार्यक्रम छ । प्रधानमन्त्रीले क्षतिग्रस्त मेलम्ची आयोजना, हेलम्बु पहिरो प्रभावित क्षेत्र लगायतका विभिन्न स्थानको हवाइ निरीक्षण गर्नुहुनेछ ।

हेलम्बुको गणेश बगरमा आयोजना गरिने कार्यक्रममा जनप्रतिनिधि, दलका नेताहरु, बाढी पहिरो पीडितसँग प्रधानमन्त्रीले केहीबेर अन्तर्क्रिया गर्ने कार्यक्रम रहको छ ।

त्यसपछि मेलम्ची बजारमा आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री सहभागी हुनुहुनेछ । त्यहाँ प्रमुख जिल्ला अधिकारीले सिन्धुपाल्चोकमा भएको क्षतिको विवरण प्रधानमन्त्रीलाई जानकारी गराउनुहुनेछ । त्यसैगरी मेलम्ची खानेपानी आयोजनाका प्रमुखले मेलम्चीको अवस्था जानकारी गराउने कार्यक्रम छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार मेलम्ची बजारका बाढीपिडितहरुसँग प्रधानमन्त्रीले केहीबेर अन्तर्क्रिया गर्ने कार्यक्रम छ । सचिवालयले दिएको जानकारी अनुसार बाढी पिडित र भौतिक क्षतिको अवस्था बुझेपछि प्रधानमन्त्रीले राहतको र पुनर्निर्माणका प्याकेज घोषणा गर्ने तयारी छ ।

असार एक गते आएको बाढी र पहिरोमा परेर सिन्धुपाल्चोकमा ४ जनाको शव भेटिएको छ भने करिब २५ जना बेपत्ता छन् ।