अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओली हेलम्बुमा

प्रधानमन्त्री ओली हेलम्बुमा


सिन्धुपाल्चोक– मेलम्चीमा आएको बाढीबाट पीडित भएकाहरूको अवस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा सिन्धुपाल्चोकको हेलम्बु आउनुभएको छ ।

बाढीपीडितको पछिल्लो अवस्था बुझेर उनीहरूको पुनःस्थापनका सम्बन्धमा आवश्यक रणनीति बनाउनका लागि प्रधानमन्त्री ओली स्थलगत अवलोकनमा आउनुभएको हो ।

प्रधानमन्त्रीसँग भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङ र नेकपा एमाले केन्द्रीय सदस्य एवं पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङ पनि हुनुहुन्छ ।

प्रधानमन्त्रीले क्षतिग्रस्त मेलम्ची आयोजना, हेलम्बु पहिरो प्रभावित क्षेत्र लगायतका विभिन्न स्थानको हवाइ निरीक्षण गर्नुहुनेछ ।