अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जित्यो

कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जित्यो


काठमाडौं- कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । फाइनलमा अर्जेन्टिनाले ब्राजिललाई १-०लेहराउँदै अर्जेन्टिना विजयी भएको हो । उसका लागि एन्जेल डी मारियाले गोलको निर्णायक बन्यो ।

मारियाले डीबक्समा पुगेको बललाई हल्का छोएर गोलरक्षकको माथिबाट गोलमा परिणत गरेका थिए । उनले ब्राजिलका गोल रक्षकलाई छक्याए भने डिफेन्डरलाई समेत बलसम्म पुग्नै नदिई गोल गरेका थिए ।

कोपा अमेरिका फुटबलको फाइनलमा ब्राजिलले बराबरी गोल गरेपनि रेफ्रीले मान्यता दिएनन् । खेलको ५२ औँ मिनेटमा ब्राजिलका लागि रिचार्लिसनले गोल गरेका थिए । लगत्तै लाइन्समेनले सो गोलले मान्यता नपाउने बताएपछि ब्राजिल बराबरी गर्न चुक्यो ।