काठमाडौं- एमाले विवाद समाधान कार्यदलको आठ बस्ने भनिएको बैठक अहिलेसम्म सुरु भएको छैन । संस्थापन पक्षका सदस्यहरू उपस्थित भए पनि माधव नेपाल पक्षीय नेताहरु नआउँदा बैठक सुरु नभएको हो ।
माधव पक्षका नेता गोकर्ण विष्टले सबै वियमा सहमति भइसकेको र आज त्यसलाई सार्वजनिक गरिने हिजोको बैठकपछि बताउनुभएको थियो ।
संस्थापन पक्षका एक नेताले आफूहरू समयमा नै आइपुगे पनि उहाँहरू नआएको बताउनुभयो ।
प्रतिक्रिया