नवलपरासी- जङ्गलबाट बस्तीमा छिरेको चितुवाको आक्रमणबाट नवलपरासीको मध्यबिन्दुका एक जना किसानको भेडा गोठ नै रित्तिएको छ।
मध्यबिन्दु–१ अभियनकी मनकुमारी महतोले गोठभित्रका १५ भेडामध्ये ११ वटा भेडा चितुवाले मारेको हो।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले चितुवाको आक्रमणबाट गोठमा रहेका अन्य चारवटा भेडा गम्भीर घाइते भएका जानकारी दिए। चितुवाको आक्रमणबाट भेडा गोठ नै रित्तो भएपछि महतो पीडामा छिन्।
स्थानीय गणेश महतोले चितुवाको आक्रमणबाट दुई लाखभन्दा बढीको क्षति भएको बताए । कच्ची गोठ भएकाले सजिलैसँग चितुवा गोठभित्र छिरेर भेडालाई आक्रमण गरेको हुनसक्ने प्रहरीले जनाएको छ। रासस







प्रतिक्रिया