काठमाडौं– सत्तारुढ नेकपा एमालेको विवाद समाधानसहितको संयुक्त घोषणा आज बिहान ८ बजे नै हुने भनिए पनि दिउँसो १२ बजेसम्म पनि हुन सकेको छैन ।
बिहान ८ बजे बसेर संयुक्त घोषणा हुने भनिए पनि साढे ९ बजेसम्म माधवकुमार नेपाल पक्षधर नेताहरु वार्तास्थलमा आउनुभएन ।
सिंहदरवारस्थित अर्थ मन्त्रालयमा सुवासचन्द्र नेम्वाङसहितका नेताहरु पुगे पनि बैठक हुन सकेन ।
कार्यदलका सदस्य गोकर्ण विष्टले शनिबारको बैठकपछि नै पार्टी एकताको सुखद खबर आजै सुनाउने बताउनुभएको थियो । तर, सहमतिको बुँदाबारे नेता नेपालले अध्ययन गर्न चाहेपछि कार्यदलका सबै सदस्य कोटेश्वर पुगेका थिए ।
अनौपचारिक स्रोतका अनुसार नेता नेपालले शक्ति बाँडफाँटमा चासो राख्नुभएको छ । दुवै जनाको हस्ताक्षरसहितको दोस्रो अध्यक्षको चाहना राखेपछि कार्यदल फेरि अलमलमा परेको छ । त्यसका लागि अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीचको फिजिकल वार्ताको सम्भावना बढेको कार्यदलका सदस्य बताउँछन् ।
कार्यदलले भने विधानमा नभएको दोस्रो अध्यक्षको व्यवस्थाबारे दुवै नेतालाई संवाद गर्न सुझाएको छ ।







प्रतिक्रिया