अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपालले अनौठो शर्त राखेपछि …..

माधव नेपालले अनौठो शर्त राखेपछि …..


काठमाडौं- एमालेमा भएको विवाद समाधानका लागि गठित कार्यदललाई माधव नेपालले अनौठो शर्त राखेपछि सहमति अन्यौलमा परेको छ ।

नेता नेपालले आफू पक्षीय कार्यदलका सदस्यलाई बोलाएर दोस्रो अध्यक्ष नदिए सहमति नहुने अनौठो शर्त अघि सार्नु भएको छ । नेता नेपालको यो शर्तसँगै उहाँले विगतदेखि नै उठाउँदै आएको पार्टीलाई जेठ २ गतेमा फर्काउनु पर्ने शर्त ओझेल मात्र परेको छैन, विधि र विधानको कुरा पनि देखावटी मात्र रहेछ भन्ने पुष्टि भएको छ । जेठ २ मा सम्पूर्ण पार्टी कमिटी फर्काउँदा त्यतिबेला पार्टीमा दुईजना अध्यक्षको व्यवस्था थिएन । उहाँले भन्ने गरेको विधी र पद्धतीको कुरामा पनि महाधिवेशन नगरी अध्यक्ष हुने कुराले मेल खादैन ।

कार्यदलको बैठकलाई एक घण्टा अवरुद्ध गराएर नेता नेपालले आफू पक्षीय कार्यदलका सदस्यहरुलाई निवासमा बोलाएर आफूलाई अध्यक्ष बनाउने अडानबाट पछि नहट्न निर्देशन दिनुभएको छ । नेपालको यो शर्तसँगै एमालेको एकतामा फेरि बादल मडारिएको छ । संस्थापन पक्षले धेरैले अपेक्षा गरे भन्दा बढी नै लचकता अपनाएको देखिन्छ । तथापी नेपाल पक्षले ‘औलों दिंदा डुडुलो माग्ने’ प्रवृति हाबी भएको देखिन्छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्षको लचकतालाई सदुपयोग गर्न छाडेर नेपालको हलो अड्काउने शर्तका कारण हिजोसम्म उत्साहि बनेको कार्यदल एकाएक निरुत्साहित बनेको छ ।

आफ्नो अधिकार क्षेत्रभन्दा माथीको शर्त नेपालले तेर्स्याएपछि कार्यदलका दुवै पक्षका सदस्यहरु बिलखबन्धनमा परेका छन् । नेपाल पक्षका नेताहरु पनि उहाँलाई अध्यक्ष बनाउनु पर्दछ भनेर मन खोलेर भन्न सकिरहेका छैनन् । अर्थ मन्त्रालयमा जारी कार्यदलको बैठकमा अचानक अमिल्लो शर्त राखेपछि बैठक जारी राख्ने कि टुंग्याउने  भएको छ ।

हिजोको सहमति अनुसार आज आठ बजे सहमतिमा दुवै पक्षले हस्ताक्षर गर्ने र ११ बजे स्थायी कमिटीको बैठक राखेर सहमतिलाई अनुमोदन गर्ने तयारी थियो ।