काठमाडौं– सिंहदरवार अगाडिबाट नागरिक अधिकारकर्मी पक्राउ परेका छन् ।
प्रदर्शनमा कान्तिपुर दैनिकका पूर्वसम्पादक नारायण वाग्लेसहित पक्राउ परेका छन् । वाग्ले झण्डै एक वर्षदेखि सरकारविरोधी आन्दोलनमा हुनुहुन्छ ।
शिक्षा र स्वास्थ्य क्षेत्रमा चरम राजनीतिकरण तथा भ्रष्टाचार भएको भन्दै विरोध प्रदर्शनका लागि सिंहदरबार अगाडि गएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सिंहदरवार वरपर निषेधित क्षेत्र हो ।
प्रहरीले वाग्लेसहित लेखक खगेन्द्र संग्रौला, प्राध्यापक डाक्टर सञ्जीव उप्रेती, विमल अर्याल, अर्चना थापासहितलाई नियन्त्रणमा लिएको हो।







प्रतिक्रिया