अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज नमिले पनि सर्वोच्चको फैसलापछि एमाले एक हुन्छः वामदेव गौतम

आज नमिले पनि सर्वोच्चको फैसलापछि एमाले एक हुन्छः वामदेव गौतम


काठमाडौं, नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आज नमिले पनि सर्वोच्चको फैसलापछि पार्टी एक हुने दाबी गर्नुभएको छ ।

राष्ट्रिय सभामा आइतबार सम्बोधन गर्दै उपाध्यक्ष गौतमले आफूले फैसलापछि एमाले एक हुने पूर्वघोषणा गरेको स्मरण गर्नुभयो । ‘म मेरो घोषणाजस्तै होस् भन्ने त चाहन्न, तर त्यही हुन्छ,’ उहाँले भन्नुभयो ।

गौतमले आफू भने आज नै पार्टी एक भएको सुखद खबर सुन्ने पक्षमा रहेको बताउनुभयो ।

उपाध्यक्ष गौतमले आफू एकताको पक्षमा रहेकाले कुनै पनि गुटमा समावेश नभएको जिकिर गर्नुभयो ।