अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कञ्चनपुरमा चट्याङ लागेर बाबुको मृत्यु, छोरा घाइते

कञ्चनपुरमा चट्याङ लागेर बाबुको मृत्यु, छोरा घाइते


कञ्चनपुर- चट्याङ लागेर भीमदत्त नगरपालिका- ९ मटैनाका ५३ वर्षीय वीरसिंह महराको आज बिहान मृत्यु भएको छ । मृतकका १८ वर्षीय छोरा लालसिंह घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार घरको बरण्डामा बाबुछोरा बसेका बेला चट्याङ लागेको थियो ।

चट्याङ लागेर घाइते भएका लालसिंहको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको बताइएको छ ।