अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गण्डकी प्रदेशमा कोरोनाको नयाँ भेरियन्ट भेटियो (विज्ञप्तिसहित)

गण्डकी प्रदेशमा कोरोनाको नयाँ भेरियन्ट भेटियो (विज्ञप्तिसहित)


पाेखरा- गण्डकी प्रदेशमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ भेरियन्ट फेला परेको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका स्याङ्जा र गोरखामा कोरोनाको डेल्टा भेरियन्ट फेला परेको हो ।

नयाँ भेरियन्टको आशंकामा प्रदेश जनस्वास्थ्य प्रयोगशालाले नमूना परीक्षणका लागि काठमाडौंस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाएकोमा डेल्टा भेरियन्ट पुष्टि भएको हो ।

स्याङ्जाको कालिगण्डकीका १४ र ६० वर्षका दुइजना पुरुष र गोरखा बारपाक सुलिकोटका ३३,४० र ७० वर्षिया तीन महिलामा नयाँ भेरियन्ट पुष्टि भएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसंचालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिनुभयो ।

डेल्टा भेरियन्ट भाइरस यसअघिको अल्फा भेरियन्टभन्दा बढी संक्रमित हुने भएकोले सचेत रहन शर्माले अनुरोध गर्नुभएको छ ।

विज्ञप्ति :