अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी केन्द्रलाई अवैधानिक भन्ने दाबी आयोगद्वारा खारेज

माओवादी केन्द्रलाई अवैधानिक भन्ने दाबी आयोगद्वारा खारेज


काठमाडौं- निर्वाचन आयोगले पुष्पकमल दाहाल (प्रचण्ड) अध्यक्ष रहेको नेकपा माओवादी केन्द्र वैधानिक रहेको निर्णय गरेको छ ।

आयोगको आज बसेको बैठकले माओवादी केन्द्रको वैधानिकतामाथि प्रश्न उठाउँदै दर्ता भएका निवेदन र दावी दुवैलाई खारेज गर्ने निर्णय गरेको हो ।

नेपालको संविधान, प्रचलिन कानून, राजनीतिक दल सम्बन्धी ऐन र उपलब्ध तथ्यहरूका आधारमा नेकपा माओवादी केन्द्रको विद्यमान अस्तित्व वैधानिक रहेको ठहर भएको आयोगका सचिव सुरेश अधिकारीले जानकारी दिनुभयो ।

अधिवक्ता सरोज बुढाथोकीसहितको निवदेनमा माओवादी केन्द्रको वैधानिकताबारे प्रश्न उठाइएको थियो । पूर्वमाओवादी नेताहरू रामबहादुर थापा, टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा, लेखराज भट्टलगायतले आयोगमै पुगेर माओवादी अवैधानिक भएको दावी पनि गर्नु भएको थियो ।

आयोगले पूर्वमाओवादी नेताहरूको सो दावीलाई अस्वीकार गरेको हो ।