काठमाडौं- आज चार बजे बस्ने भनिएको नेकपा एमालेको स्थायी कमिटी बैठक पछि धकेलिएको छ ।
कार्यदलले पार्टी विवादका सम्बन्धमा सहमति कायम गर्न नसक्दा बैठक धेकेलिएको हो । बिहान ९ बजेदेखि अर्थ मन्त्रालयमा बसेको कार्यदलको बैठक अझै जारी छ । उपप्रधानमन्त्री तथा अर्थ मन्त्रीका प्रेस संयोजक भुवन केसीका अनुसार कार्यदलका नेताहरू अझै छलफलमै हुनुहन्छ ।
कार्यदलमा सहमति कायम गरेर त्यसलाई स्थायी समितिले अनुमोदन गर्ने योजना रहेको छ । आजको बैठकमा नेता माधवकुमार नेपालसहित सबै स्थायी कमिटीका सदस्यहरूलाई खबर गरिएको एमाले कार्यलय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।







प्रतिक्रिया