अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज १८३१ जनामा कोरोना पुष्टि, १५३३ जना संक्रमणमुक्त

आज १८३१ जनामा कोरोना पुष्टि, १५३३ जना संक्रमणमुक्त


काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर १ हजार ८३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार २१८ जनाको नमुना परीक्षण गर्दा सो संख्याका कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १ हजार ५३३ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै, गत २४ घण्टामा २० जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ३८२ पुगेको छ ।