काठमाडौं- सरकारको समर्थनमा राष्ट्रिय युवा संघले सडक प्रदर्शन गरेको छ । वर्तमान सरकार र नेकपा एमालेविरुद्ध घेराबन्दी भएको भन्दै संघमा आबद्ध नेता, कार्यकर्ताले काठमाडौंमा प्रदर्शन गरेका हुन् ।
विपक्षी गठबन्धनको असंवैधानिक भन्दै नयाँ बानेश्वरबाट सुरु भएको र्याली माइतीघरमा पुगेर सभामा परिणत भएको थियो ।
प्रदर्शनमा सहभागीले ‘आजलाई होइन भोलिलाई १० वर्ष ओलीलाई’, ‘कानुनी शासन कायम गरौं’, ‘बौद्धिक अराजकताको अन्त्य गरौं’ लगायतका नारा लगाएका थिए ।
तस्बिरमा हेर्नुस् युवा संघको प्रदर्शन :
प्रतिक्रिया