अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आयल निगमले वार्ताका लागि ५ विद्यार्थी संगठनलाई बोलायो

आयल निगमले वार्ताका लागि ५ विद्यार्थी संगठनलाई बोलायो


काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध आन्दोलित ५ विद्यार्थी संगठनलाई वार्तामा बोलाएको छ ।

निगमका प्रवक्ता विनित मणि उपाध्यायका अनुसार ५ विद्यार्थी संगठनलाई भोलि दिउँसो १ बजे छलफलका लागि बोलाइएको हो ।

निगमले नेपाल विद्यार्थी संघका अध्यक्ष राजिव ढुङ्गाना, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, माधव नेपाल पक्षका अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठ र अखिल छैठौंका अध्यक्ष विमल पोखरेललाई वार्ताका लागि बोलाएको हो ।

निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएपछि विपक्षी गठबन्धनमा रहेका राजनीतिक दलनिकट विद्यार्थी संगठनहरूले आन्दोलन घोषणा गरेका थिए ।