पोखरा- गण्डकी प्रदेशका विनाविभागीय मन्त्री हरिशरण आचार्य र दीपक मनाङे (राजीव गुरुङ)ले जिम्मेवारी पाउनुभएको छ ।
शपथ दिलाएको झन्डै १ महिनापछि आचार्य र मनाङेले आइतबारदेखि मन्त्रालयको जिम्मेवारी पाउनुभएको हो ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललेलाई आचार्यलाई ऊर्जा तथा मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिनुभएको हो । यसअघि आचार्यले अर्थ मन्त्रालय दाबी गर्दैआउनुभएको थियो ।
मनाङेको दाबी भौतिक मन्त्रालयमा थियो । आचार्य र मनाङेसहित अन्य दुई मन्त्रीसहित मुख्यमन्त्री पोखरेलले २९ जेठमा शपथग्रहण गर्नुभएको थियो ।







प्रतिक्रिया