काठमाडौं- आज बस्ने भनिएको नेकपा एमालेको स्थायी कमिटी बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।
कार्यदलले विवाद समाधान गर्न नसकेपछि आजको बैठक स्थगित गरिएको हो ।
बैठक असार २८ गते बस्ने भनिए पनि समय भने तोकिएको छैन ।
‘कार्यदलको वार्ता जारी छ र एकताका लागि अधिकतम लचकता अपनाउने भनेर स्थायी कमिटी बैठक स्थगित गरिएको हो । भोलि साँझतिर बैठक बस्छ,’ एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले भन्नुभयो ।







प्रतिक्रिया