अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गण्डकी प्रदेशसभा बैठक भाेलिसम्मका लागि स्थगित

गण्डकी प्रदेशसभा बैठक भाेलिसम्मका लागि स्थगित


काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले विरोध जनाएपछि आज गण्डकी प्रदेशसभा बैठक अवरुद्ध भएको छ । बजेटमाथि छलफल गर्ने कार्यसूची रहेकामा बिहान ११ बजे बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सदस्यले उठेर विरोध जनाएपछि सभामुख नेत्रनाथ अधिकारीले एमालेका प्रदेशसभा सदस्य रामशरण बस्नेतलाई बोल्न समय दिनुभएको थियो ।

नयाँ सरकारले बजेट रकमान्तर गरेको तर पुराना काम सकिएका योजनाको भुक्तानी रोकेको बस्नेतले बताउनुभयो । सरकार बन्दा पुँजीगत खर्च रोकिएको बताउँदै उहाँले रकमको वितरण, योजना छनोटको आधार आदिबारे स्पष्ट पार्नुपर्ने बताउनुभयो ।

पोखरामा एउटै वडामा करोडौँ रुपैयाँ विनियोजन गरिएको बताउँदै उहाँले बजेटको विनियोजन कानूनसम्मत नभएको टिप्पणी गर्नुभयो । प्रतिपक्षका अन्य सदस्यहरूले पनि उठेर बैठक अवरोध जारी राखेपछि सभामुख नेत्रनाथ अधिकारीले आजै १ बजेसम्मका लागि बैठक स्थगित गर्नुभएको थियो ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा पनि अवरोध कायम भएपछि भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको छ ।