काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ ।
राष्ट्रिय जनता पार्टीका तत्कालिन उपाध्यक्ष राजकुमार थापाले सर्वोच्चमा रिट दायर गर्नुभएको हो ।
रिटमा निर्वाचन आयोग र तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल र हालको जनता समाजवादी पार्टीलाई विपक्षी बनाइएको छ ।
एकीकरण प्रारम्भदेखिनै त्रुटिपूर्ण, कपटपूर्ण र मौजुदा संविधान ऐन र कानुन विपरित कएको भन्दै एकीकरण बदर गरी पहिलेकै राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी नेपाल कायम गराइदिन रिटमा माग गरिएको छ।
गैर संवैधानिक र ऐन, नियम विपरित दल एकीकरण गर्ने निर्णय खारेज हुनु पर्ने माग गरिएको छ ।







प्रतिक्रिया