काठमाडौं- गोरखापत्र संस्थानका लागि दुई जना सल्लाहकार नियुक्त हुनुभएको छ । यही असार २४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सल्लाहकारमा दीपक ज्ञवाली र कृष्णकुमार आङ्दाम्बे नियुक्त हुनुभएको हो ।
उहाँहरू आज औपचारिक रूपमा नियुक्त हुनुभएको हो । ज्ञवाली संस्थानको व्यवस्थापन, आर्थिक र प्रिन्टिङ सम्बन्धी सल्लाहकारमा दुई वर्षका लागि नियुक्त हुनुभएको छ ।
रूपन्देहीको बुटवल उपमहानगरपालिका-९ निवासी ज्ञवाली संस्थान ऐन २०१९ को दफा १४ को उपदफा १ बमोजिम नियुक्त हुनुभएको सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सहसचिव शोभाकान्त पौडेलद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।
त्यस्तै, संस्थानको कानुनी सल्लाहकारमा मिक्लाजोङ गाउँपालिका-१, पाँचथर निवासी आङ्दाम्बे नियुक्त हुनुभएको छ । उहाँ दुई वर्षका लागि नियुक्त हुनुभएको हो ।
नेपाल बारका पूर्वकेन्द्रीय सदस्य रहनुभएका आङ्दाम्बे कानुन क्षेत्रमा अनुभवी मानिनुहुन्छ ।
सल्लाहकारद्वयलाई आज मन्त्रालयमा नियुक्तिपत्र हस्तान्तरण गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री वसन्तकुमार नेम्वाङले आफ्नो क्षमता गोरखापत्र संस्थान हितमा लगानी गर्न निर्देशन दिनुभयो ।







प्रतिक्रिया