अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सहमतिको प्रयासमा छौँ, आजै हस्ताक्षर गरेर फुटबल हेर्न जानेछौँ : सुवास नेम्वाङ

सहमतिको प्रयासमा छौँ, आजै हस्ताक्षर गरेर फुटबल हेर्न जानेछौँ : सुवास नेम्वाङ


काठमाडौं- नेकपा एमाले विवाद समाधानका लागि गठित कार्यदलका सदस्य सुवास नेम्वाङले आजै सहमतिमा हस्ताक्षर हुने बताउनुभएको छ ।

आज सहमति हुन्छ कि हुन्न भन्ने पत्रकारको प्रश्नमा उहाँले भन्नुभयो, ‘हामी सहमतिको प्रयासमा छौँ । आजै हस्ताक्षर गरेर फुटबल हेर्न जानेछौँ ।’

यसअघि नेम्वाङले हिजो कार्यदलको बैठक सकिएपछि प्रतिक्रिया दिँदै आइतबार बिहानसम्म देशवासीले सुःखद समाचार पाउने बताउनुभएको थियो ।

तर, सो अवधिमा कुनै पनि सहमति भएको निर्णय सार्वजनिक हुन सकेन । बैठक राति ९ बज्नै लाग्दा पनि अर्थ मन्त्रालयमा जारी छ।