अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

योगेश भट्टराईको प्रतिक्रियाः अब कुनै पनि प्रतिस्पर्धामा एमालेले श्रेष्ठता कायम गर्नुपर्छ

योगेश भट्टराईको प्रतिक्रियाः अब कुनै पनि प्रतिस्पर्धामा एमालेले श्रेष्ठता कायम गर्नुपर्छ


काठमाडौं– नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले कार्यदलले तयार गरेको १० बुँदे सहमतिको स्वागत गर्नुभएको छ ।

‘नेकपा एमालेको आन्तरिक समस्या समाधानका लागि गठित वार्ता समितिद्वारा पार्टी एकताका लागि प्रस्तावित १० बुदे सहमति स्वागतयोग्य छ,’ सहमति सार्वजनिक भएको केही मिनेटमै प्रतिक्रिया सार्वजनिक गर्दै भट्टराईले भन्नुभएको छ, ‘यसको कार्यान्वयन गर्दै, एकतालाई थप सुदृढ गर्दै, विश्वास निर्माण गर्दै आगामी कुनै पनि प्रतिस्पर्धामा एमालेको श्रेष्ठता कायम गर्न अघि बढ्नु समस्त नेता, कार्यकर्ता र सदस्यहरुको युगिन कार्यभार बनेको छ ।’

भट्टराईले वार्ता समितिका सबै नेताहरुलाई हार्दिक बधाई तथा धन्यवादसमेत दिनुभएको छ ।

एमाले केन्द्रीय सदस्य विष्णु रिजालले पनि सहमतिको स्वागत गर्नुभएको छ । ‘अन्ततः नेकपा (एमाले) को एकता जोगिएको छ । अनेक भित्री र बाहिरी बाधाहरुलाई पन्छाउँदै कार्यदलमा रहनुभएका दोस्रो तहका नेताहरुले पार्टीलाई एकताबद्ध बनाउन निर्णायक सहमति निर्माण गर्नुभएको छ,’ रिजालको भनाइ छ, ‘एमाले एकताबद्ध रहँदा एमालेको संस्थागत सहभागिताबिना प्रतिनिधिसभाबाट अर्को कुनै सरकारको गुञ्जायस नभएको यथार्थलाई मनन् गर्दै आगामी दिनमा नेपालको राजनीति सोही बमोजिम निर्धारण हुने अपेक्षा छ । अदालतदेखि अन्तर्राष्ट्रिय समुदायसम्ममा रहेका अस्पष्टताहरु आजको यस ऐतिहासिक निर्णयपछि स्वतः हट्नेछन् ।’